खेलकुद, भर्खरै, समाचार, समाचार

शानदार शतकसँगै ज्योति स्पोर्ट्सको धमाकेदार जित, ८३ रनले वार्ड–१२ पराजित

०४, चैत २०८२ बुधबार 

बाँके, नेपालगञ्ज – नेपालगञ्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगितामा ज्योति स्पोर्ट्स एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै वार्ड नं. १२ माथि ८३ रनको फराकिलो जित दर्ता गरेको छ। ब्याटिङ र बलिङ दुबै पक्षमा सन्तुलित खेल प्रस्तुत गर्दै ज्योति स्पोर्ट्सले प्रतियोगितामा आफ्नो बलियो उपस्थिती देखाएको हो।


पहिले ब्याटिङ गरेको ज्योति स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रनको विशाल योगफल तयार पार्‍यो। टोलीका कप्तान सिद्धान्त राज शाहीले ४७ बलमा विस्फोटक १०० रन प्रहार गर्दै खेललाई एकतर्फी बनाएका थिए। उनको शानदार शतक नै टोलीको जितको मुख्य आधार बन्यो।

१९८ रनको लक्ष्य पछ्याएको वार्ड नं. १२ ले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। टोली २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमै सीमित रह्यो। विषाल वर्माले २६ रन बनाउँदा राम आर्याले २० रन र प्रमित आचार्याले १७ रन जोडे पनि अन्य ब्याट्सम्यानले प्रभाव जमाउन सकेनन्।

Advertisement

ज्योति स्पोर्ट्सका बलरहरू पनि उत्तिकै प्रभावशाली देखिए। निशान्त आचार्याले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिँदा खेलको गति नियन्त्रणमा राखे। बिकाश शाहूले २ विकेट लिए भने रबिश वर्मा र अन्जेश शाहीले समान १/१ विकेट हात पारे।

यस जितसँगै ज्योति स्पोर्ट्स एकेडेमी प्रतियोगिताको उपाधि दाबेदारको रूपमा उभिएको छ। उत्कृष्ट प्रदर्शनका लागि कप्तान सिद्धान्त राज शाही ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement