खेलकुद, भर्खरै, समाचार, समाचार

यूभीसीसीको शानदार जित, रकर्स ३९ रनले पराजित

०३, चैत २०८२ मगंलवार 

बाँके, नेपालगन्ज – नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा युनाइटेड भिजन क्रिकेट क्लब (यूभीसीसी) ले उत्कृष्ट प्रदर्शन गर्दै एनपीजे–११ रकर्स लाई ३९ रनले पराजित गरेको छ।


टस जितेर पहिले फिल्डिङ रोजेको रकर्सविरुद्ध यूभीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १७३ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। टोलीका लागि सौगात कार्कीले ६० रनको शानदार इनिङ्स खेले भने अस्मित शाहीले ५० रन जोड्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए।

त्यस्तै पदमराज भण्डारीले २१ रनको महत्वपूर्ण योगदान दिए।
बलिङतर्फ रकर्सका सुरज दासले ३ विकेट लिए पनि अन्य बलरहरूले रन रोक्न नसक्दा यूभीसीसीले ठूलो स्कोर खडा गर्न सफल भयो।

१७४ रनको लक्ष्य पछ्याएको एनपीजे–११ रकर्सको सुरुवात भने कमजोर रह्यो। सुरुवाती क्रममा लगातार विकेट गुमाएको टोली दबाबमा आयो। टोलीका साहिल अन्सारीले ७२ रनको उत्कृष्ट संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

Advertisement

अन्ततः रकर्स १३७ रनमै अलआउट भयो।यूभीसीसीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कमल सापकोटाले ३ विकेट लिए भने आदर्श थापा, आकाश पौडेल, अस्मित शाही र विष्णु शाहीले समान १–१ विकेट लिए।

खेलमा ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका अस्मित शाही ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement