भर्खरै, राजनीति, समाचार, समाचार

बर्दिया–१ का नवनिर्वाचित सांसद ठाकुर सिंह थारु अभिमुखीकरणका लागि काठमाडौं प्रस्थान

०३,चैत २०८२ मगंलवार 

बाँके,नेपालगञ्ज –  बर्दिया क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ठाकुर सिंह थारु आज काठमाडौं प्रस्थान गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौं जान लाग्नुभएको हो। उक्त कार्यक्रममा सहभागी हुन देशभरबाट नवनिर्वाचित सांसदहरू काठमाडौं पुग्ने क्रम जारी रहेको छ।

लामो समयदेखि पत्रकारिता तथा कानुन व्यवसायमा सक्रिय रहनुभएका थारु नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष समेत रहनु भएको थियो। पत्रकारितामार्फत विभिन्न सामाजिक मुद्दा उठाउँदै आएका उहाँ पछिल्लो समय सक्रिय राजनीतिमा लाग्नुभएको हो।

Advertisement

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थारुले ४९ हजार ६ सय ३१ मत प्राप्त गर्दै भारी मतान्तरका साथ विजय हासिल गर्नुभएको थियो। बर्दिया–१ का मतदाताले परिवर्तन र नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उहाँलाई संघीय संसदमा पठाएका हुन्।

अब हुने अभिमुखीकरण कार्यक्रममार्फत नवनिर्वाचित सांसदहरूलाई संसद सञ्चालन प्रक्रिया, कानुन निर्माण तथा संसदीय अभ्यासबारे जानकारी गराइने बताइएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0