जीवनशैली, भर्खरै, समाचार, समाचार

इनिशा वि.क. हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण

०२, चैत २०८२ सोमबार 

बाँके, नेपालगञ्ज — सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा वि.क. माथि भएको बलात्कारपछि हत्या गरिएको भनिएको जघन्य घटनाको विरोधमा नेपाल दलित मुक्ति मोर्चा जिल्ला समिति बाँकेले दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

समितिका सचिव भुपाल नेपालीले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

ज्ञापनपत्रमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी कक्षा ११ मा अध्ययनरत इनिशा वि.क.माथि २०८२ फागुन २३ गते बिहान करिब ९ बजे अत्यन्त दुःखद र अमानवीय घटना घटेको उल्लेख गरिएको छ।

Advertisement

परिवारका अनुसार इनिशा ट्युशन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि शहिद पार्क नजिकको जंगल क्षेत्रमा उनको बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले अनमोल गौलीसहित चार जनालाई नियन्त्रणमा लिएको सार्वजनिक भएको छ।

पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका व्यक्त गर्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणी सम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता गराइसकेको बताइएको छ।

नेपाल दलित मुक्ति मोर्चा बाँकेले घटनाको निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिन गरी कुनै दबाब, प्रभाव वा पहुँचका आधारमा दोषी उम्किन नदिन माग गरेको छ। साथै दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ।

Advertisement

समितिले पीडित परिवारलाई छिटो र प्रभावकारी न्याय सुनिश्चित गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा र कानुनी व्यवस्था सुदृढ गर्न पनि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0