भर्खरै, व्यापार, समाचार, समाचार

एसपी भीमबहादुर चन्दको कडाइ: बाँकेमा तस्करीविरुद्ध सशस्त्रको एक्सन, ८ लाखभन्दा बढीका अवैध सामान बरामद

०१, चैत २०८२ आइतबार 

बाँके, नेपालगञ्ज — सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्द आएपछि जिल्लामा तस्करी नियन्त्रण अभियान कडाइका साथ अघि बढाइएको छ।

सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै नियमित गस्ती र चेकजाँचलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैक्रममा २०८२ साल चैत १ गते सशस्त्र प्रहरी बल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके तथा मातहतका इकाइबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी मूल्य रु. ८ लाख ५३ हजार ३५ बराबरका विभिन्न सामान बरामद गरेको छ।


बरामद गरिएका अवैध सामग्री आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, जमुनाहा बाँके मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

सीमामा कडाइ बढेसँगै तस्करीमा संलग्न समूहहरूमा त्रास फैलिएको र अवैध गतिविधि नियन्त्रणतर्फ जान थालेको स्थानीयवासीको भनाइ छ। सशस्त्र प्रहरीले सीमाक्षेत्रमा निरन्तर गस्ती, निगरानी तथा चेकजाँच थप सशक्त बनाउँदै तस्करी नियन्त्रण अभियान जारी राख्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement