भर्खरै, मनोरञ्जन, समाचार, समाचार

चलचित्र पत्रकार संघ बाँके शाखाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

०१, चैत २०८२ आइतबार 

बाँके, नेपालगञ्ज — चलचित्र पत्रकार संघ, बाँके शाखाको तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सर्वसम्मत रूपमा रामचन्द्र पौडेललाई अध्यक्षमा चयन गरेको छ।

त्यसैगरी संघको उपाध्यक्षमा समिर मान श्रेष्ठ, सचिवमा लक्ष्मी तिमिल्सेना, उप–सचिवमा रजनी योगी तथा कोषाध्यक्षमा अमृता जैशी (निशु) चयन भएका छन्।

अधिवेशनबाट सदस्यहरूमा राम प्रसाद आचार्य, सावित्री विश्वकर्मा, मोहम्मद जावेद हलवाई, गणेश राई, सौरभ राना र मनिषा खत्री चयन भएका छन्।

Advertisement

नवनिर्वाचित कार्यसमितिलाई चलचित्र क्षेत्रका पत्रकारिता गतिविधिलाई अझ सशक्त र सक्रिय बनाउने जिम्मेवारी आएको छ। अधिवेशनमा सहभागीहरूले बाँके जिल्लामा चलचित्र पत्रकारिताको विकास, चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधिको प्रवर्द्धन तथा पत्रकारहरूको हकहितका विषयमा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष रामचन्द्र पौडेलले चलचित्र पत्रकारितालाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै जिल्लामा चलचित्र क्षेत्रको विकासका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement