जीवनशैली, भर्खरै, समाचार, समाचार

कोहलपुर–नौबस्ता कारागारका कैदीबन्दीलाई नेपालगञ्ज मुस्लिम समाजद्वारा रमजानमा खाद्यान्न सहयोग

२९, फल्गुण २०८२ शुक्रबार 

बाँके, नेपालगञ्ज – पवित्र रमजान महिनाको अवसरमा नेपालगञ्ज मुस्लिम समाज, बाँकेले कोहलपुरस्थित नौबस्ता कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि रोजा राखिरहेका कैदीबन्दीहरूलाई इफ्तार र सेहरी सहज बनाउनका लागि खाद्यान्न सामग्री उपलब्ध गराइएको समाजले जनाएको छ। कारागारमा कैदीबन्दी जीवन बिताइरहेका मुस्लिम समुदायका व्यक्तिहरूलाई सहयोगस्वरूप उक्त सामग्री हस्तान्तरण गरिएको हो।

सहयोग सामग्री समाजका निर्वतमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार मुन्ना मन्सुरी, अध्यक्ष अब्दुल हकिम हल्वाई र सचिव तथा प्रवक्ता मेराज अहमद हिमालयको नेतृत्वमा संस्थाका सदस्यहरूको उपस्थितिमा कारागार प्रशासनलाई हस्तान्तरण गरिएको थियो।

Advertisement

कार्यक्रममा बोल्दै समाजका पदाधिकारीहरूले रमजान महिनामा मानवता, सहकार्य र परोपकारको भावनालाई बलियो बनाउन यस्तो सहयोग गरिएको बताएका छन्। आगामी दिनहरूमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिइने उनीहरूको भनाइ छ।

नेपालगञ्ज मुस्लिम समाज, बाँकेले विगतदेखि नै रमजान लगायत विभिन्न अवसरमा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0