भर्खरै, राजनीति, समाचार, समाचार

हजारौं मोटरसाइकलसहित बिष्टको शक्तिप्रदर्शन, नेपालगन्जमा चुनावी माहोल गर्मियो

१७, फल्गुण २०८२ आइतबार 

बाँके, नेपालगन्ज — आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी बाँके–२ ले विशाल मोटरसाइकल र्‍याली गर्दै चुनावी उत्साह थपिएको छ। र्‍यालीमा हजारौं समर्थकहरूले युवा उम्मेदवार दिपेन्द्र बिष्टलाई साथ दिएका थिए।


नेपालगन्ज बसपार्क रोडबाट सुरु भएको र्‍याली शहरका प्रमुख चोक, बजार र आवासीय क्षेत्र परिक्रमा गर्दै नाराबाजी र अभिवादनमार्फत मतदातासँग अन्तिम अपिल गरिएको थियो। संयोजक पुर्णा कुमारी सुवेदीका अनुसार युवा, महिला र विभिन्न पेशागत समुदायले र्‍यालीमा सक्रिय सहभागिता जनाएका थिए।


बिष्टले सर्वसाधारणलाई शान्तिपूर्ण निर्वाचनमा मतदान गर्न आग्रह गर्दै विकास, रोजगारी र सुशासनका एजेन्डा अघि सार्नुभएको थियो। स्थानीयहरूले र्‍यालीलाई “उत्साहप्रद र व्यवस्थित” भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

Advertisement


निर्वाचन नजिकिँदै गर्दा यस्ता शक्तिप्रदर्शनले बाँके–२ को चुनावी तापक्रम झनै बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Advertisement