भर्खरै, राजनीति, समाचार, समाचार

“अजिज मलिकको नेतृत्वमा साढे तीन सय जेनजी युवाहरु जसपा नेपालमा प्रवेश”

१७, फल्गुण २०८२ आइतबार 

बाँके, नेपालगन्ज — विभिन्न राजनीतिक दल परित्याग गर्दै साढे तीन सयभन्दा बढी जेनजी युवाहरु जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–५ मा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको थियो।


युवाहरु आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रका उम्मेदवार कमरुद्दिन राईलाई समर्थन गर्दै जसपामा आबद्ध भएका हुन्। कार्यक्रममा राईले नवप्रवेशी युवाहरुलाई खादा ओढाएर स्वागत गर्दै, युवाहरुको आकर्षण जसपातर्फ बढ्दै गएको बताए। उनले संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरणमा पार्टीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।


युवा नेतृ अम्बिका काफ्लेले देशको नेतृत्व अब युवाहरुले नै गर्ने समय आएको भन्दै मधेसी, मुस्लिम, दलित र महिलाको अधिकार र पहिचान सुनिश्चित गर्न जसपामा विश्वास व्यक्त गरिन्। उनले अधिकारसहितको पहिचान चाहने युवाहरुलाई ‘छाता’ चुनाव चिन्हमा मत हाल्न आग्रह गरिन्।

Advertisement


कार्यक्रमको अन्त्यमा नवप्रवेशी युवाहरुले कमरुद्दिन राईको पक्षमा नाराबाजी गर्दै समर्थन व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement