भर्खरै, राजनीति, समाचार, समाचार

घाम–पानीको प्रवाह नगरी इश्तियाक राईको घरदैलो : नेपालगञ्ज–१८ मा एमालेको चुनावी अभियान तीव्र

१६, फल्गुण २०८२ शनिबार 

बाँके, नेपालगञ्ज –  चुनावी अभियानलाई तीव्रता दिँदै मोहम्मद इश्तियाक राईले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका राईले प्रगति नगर, अम्मरनगर र पशुपतिनगर टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो।


घरदैलोका क्रममा उहाँले स्थानीयवासीका समस्या, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारलाई आफ्नो प्राथमिकता रहेको बताउनुभयो। “जनताको साथ र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” भन्दै उहाँले मतदातासँग समर्थन र सहयोगको अपिल गर्नुभयो।

Advertisement


कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। टोलबासीले पनि उत्साहपूर्वक स्वागत गर्दै विकास र स्थायित्वका लागि सकारात्मक सहकार्यको प्रतिबद्धता जनाएका थिए।


बाँके क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन सक्रिय बन्दै गएको छ भने उम्मेदवार राईको घरदैलो अभियानले स्थानीय स्तरमा चुनावी माहोल थप तातेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement