१५, फल्गुण २०८२ शुक्रबार
बाँके, नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत घरबारी टोलमा आज आयोजित घरदैलो कार्यक्रममा उम्मेदवारलाई स्थानीय व्यवसायीहरूले खादा ओढाएर आत्मीय स्वागत गरेका छन्।

नेपालगन्ज–२ को घरबारी टोलमा चुनावी माहोल तातेका बेला देखिएको यो दृश्यले कार्यक्रमलाई भावनात्मक बनाएको छ। बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट घर–घर पुगेर मतदातासँग भलाकुसारी गरिरहनुभएको थियो। सोही क्रममा व्यवसायी समुदायले उहाँलाई सम्मानस्वरूप खादा ओढाएर स्वागत गरेका हुन्।

कार्यक्रममा बोल्दै उम्मेदवार बिष्टले जनताको माया र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले व्यवसायी वर्गको सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

स्थानीय व्यवसायीहरूले बजार व्यवस्थापन, पूर्वाधार सुधार, सुरक्षा व्यवस्था र करसम्बन्धी सहजताका विषय उठाउँदै आफ्ना मुद्दा सम्बन्धित निकायसम्म पुर्याइदिन आग्रह गरेका छन्।

घरबारी टोलको यो कार्यक्रम केवल चुनावी भेटघाट मात्र नभई आत्मीय सम्बन्धको सन्देशका रूपमा देखिएको छ। अब यो समर्थन मतमा कत्तिको रूपान्तरण हुन्छ—त्यसको उत्तर भने आगामी निर्वाचन परिणामले नै दिनेछ।

