१५, फल्गुण २०८२ शुक्रबार
बाँके, नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले युवा समर्थकहरूसँग भेटघाट गर्दै आफ्नो चुनावी अभियानलाई थप गति दिएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित एक्सट्रीम जिम क्लबमा आयोजित कार्यक्रममा, युवाहरूले आफ्नो सक्रिय सहभागिता जनाउँदै बिष्टको नीतिगत प्रतिबद्धता र योजनामा समर्थन व्यक्त गरेका थिए।

कार्यक्रममा उपस्थित युवाहरूले बिष्टलाई स्वास्थ्य, खेलकुद, युवा सशक्तिकरण र समाजिक गतिविधिहरूमा प्राथमिकता दिने आश्वासनका कारण समर्थन गर्ने बताएका छन्। बिष्टले पनि युवाहरूलाई खेलकुद, शिक्षा र रोजगारीमा योगदान पुर्याउने योजना प्रस्तुत गर्दै सक्रिय युवा सहभागितालाई उच्च महत्व दिने प्रतिबद्धता व्यक्त गरे।

यस भेटघाटपछि बाँके–२ को चुनावी माहोल अझ उत्साहित बनेको छ र युवाहरूले आफ्नो सक्रिय सहभागिताबाट बिष्टको अभियानलाई थप सशक्त बनाउने तयारीमा छन्।

