भर्खरै, राजनीति, समाचार, समाचार

जयसपुरको समग्र विकासमा दीपक जि.एम.को प्रतिबद्धता

१४, फल्गुण २०८२ बिहीबार 

बाँके, खजुरा –  नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक जि.एम. ले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ र १७ को भौतिक पूर्वाधार विकासमा आफूले महत्वपूर्ण पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।


फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै जि.एम.ले उक्त क्षेत्रको सडक, ढल, खानेपानीलगायत आधारभूत संरचना सुदृढीकरण आफ्नो प्राथमिकतामा पर्ने बताउनुभयो। उहाँले युवालाई लक्षित रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न र व्यवसायिक कृषिको विकासमा विशेष जोड दिने उल्लेख गर्नुभयो।


“यस क्षेत्रमा कृषिको प्रचुर सम्भावना छ। युवाहरूलाई आधुनिक र व्यवसायिक कृषिमा आकर्षित गर्दै आयआर्जनका अवसर बढाउन पहल गर्छु,” उहाँले भन्नुभयो। आफू स्थानीय बासिन्दा भएकाले क्षेत्रका समस्या र आवश्यकताबारे राम्रो जानकारी रहेको उल्लेख गर्दै समग्र विकासका लागि नीतिगत तथा व्यवहारिक दुवै तहमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


भूमिहीन तथा सुकुम्बासी समस्याको दिगो समाधानका लागि नीतिगत सुधार र कार्यान्वयनमुखी योजना अघि सारिने उहाँको भनाइ छ।

Advertisement

स्थानीय उम्मेदवार तथा सामाजिक व्यक्तित्वका रूपमा जि.एम.प्रति जनसमर्थन बढ्दै गएको दाबी गरिएको छ। नेकपाको बलियो संगठनात्मक अवस्था र व्यापक घरदैलो अभियानका कारण विजयप्रति आफू ढुक्क रहेको उहाँले बताउनुभयो।


हाल नेकपाले क्षेत्रका २४ वटै वडामा घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement