समाचार, भर्खरै, राजनीति, समाचार

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको घरदैलो : मतदाताको सम्मानले उत्साहित

१४, फल्गुण २०८२ बिहीबार 

बाँके, फागुन १४ – जनता समाजवादी पार्टी नेपालबाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमरुद्दिन राईले आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ अन्तर्गत धम्बोझी–खजुरा रोड क्षेत्रमा चुनावी घरदैलो अभियान सञ्चालन गर्नुभएको छ।


घरदैलोका क्रममा राई मतदाताको घरदैलोमा पुग्दा स्थानीयबासीले उत्साहपूर्ण स्वागत गरेका थिए। वृद्धवृद्धा, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उहाँले स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनुभयो।


राईले मतदाताबाट पाएको माया र सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो। “मतदाताबाट पाएको यस्तो माया र सम्मानले मलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ,” उहाँले भन्नुभयो।

Advertisement

उहाँले विशेष गरी युवालाई लक्षित रोजगारी सिर्जना, साना तथा घरेलु उद्योग प्रवर्द्धन, र आधारभूत पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताउनुभयो। “यो क्षेत्रको समग्र विकास बिना स्थानीयको जीवनस्तर उकास्न सकिँदैन। त्यसैले विकासलाई मेरो पहिलो प्राथमिकता हुनेछ,” राईले स्पष्ट पार्नुभयो।


चुनाव नजिकिँदै जाँदा नेपालगन्जका गल्ली–टोलमा उम्मेदवार र मतदाताबीचको प्रत्यक्ष संवादले चुनावी सरगर्मी बढ्दै गएको अनुभूति गर्न सकिन्छ। घरदैलो अभियानले स्थानीय तहमा जनसंपर्क विस्तारसँगै चुनावी माहोल थप सक्रिय बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement