समाचार, भर्खरै, राजनीति, समाचार

घरदैलो अभियानमा इश्तियाक राई : वडा–वडामा मतदातासँग प्रत्यक्ष संवाद

१२, फल्गुण २०८२ मगंलवार 

बाँके, नेपालगन्ज – चुनावी अभियानलाई तीव्र बनाउँदै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले मंगलबार विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

उहाँले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का मन्नुपूर्वा, नयाँ बस्ती र हुसेनगञ्ज, वडा नम्बर १३ को लोनियनपूर्वा तथा वडा नम्बर १८ को भुजईगाउँमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो।

घरदैलोका क्रममा उम्मेदवार राईले क्षेत्रको समग्र विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले जनताका गुनासा, सुझाव र अपेक्षाहरू सुन्दै विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement

स्थानीय बासिन्दाले समेत क्षेत्रको दीर्घकालीन विकासका लागि सक्षम र पहुँचयुक्त नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफ्नो साथ र समर्थन रहने विश्वास दिलाएका थिए।

एमालेका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको जनाइएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0