समाचार, भर्खरै, राजनीति, समाचार

नेपालगन्जको अर्थतन्त्र उकास्ने एजेन्डा लिएर घरदैलोमा इश्तियाक राई

१०, फल्गुण २०८२ आइतबार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नं. २ बाट नेकपा एमाले का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई नेपालगन्जको अर्थतन्त्र चलायमान बनाउने योजनासहित घरघरमा पुग्न थालेका छन्।


नेपालगन्ज उपमहानगरपालिका–९ श्रद्धानगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राईले सडक सञ्जाल विस्तारलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।

“नेपालगन्ज प्रादेशिक राजधानी नभएपछि यहाँको अर्थतन्त्र खस्किँदै गएको छ। यसलाई चलायमान बनाउन सडक र भौतिक पूर्वाधारमा लगानी बढाउनैपर्छ,” उनले भने।
राईले बाँके जिल्ला छोएर पूर्व–पश्चिम यात्रा गर्दा नेपालगन्ज हुँदै जाने वैकल्पिक सडकमार्ग निर्माण गर्ने योजना सुनाए। “तपाईंहरूले निर्वाचित गर्नुभयो भने कञ्चनपुर हुँदै दाङ जोडिने छुट्टै नियमित मार्ग निर्माणका लागि पहल गर्छु,” उनले प्रतिबद्धता जनाए। उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने प्रभावकारी सडक कनेक्टिभिटीले व्यापार, पर्यटन र रोजगारीमा सकारात्मक प्रभाव पार्नेछ।

Advertisement


आफूले विगतमा पनि क्षेत्रका लागि पूर्वाधार विकासमा काम गरेको दाबी गर्दै राईले नीतिगत सुधारसहित दीर्घकालीन योजनाका साथ चुनावी मैदानमा उत्रिएको बताए। उनले भेरी अस्पताल लाई विशिष्टिकृत सेवा दिन सक्षम बनाउने, सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्ने, किसानलाई समयमै मल तथा बीउ उपलब्ध गराउने लगायतका एजेन्डा अघि सारे।

नवपुस्ता र पुरानो पुस्ताबीच षड्यन्त्रपूर्वक द्वन्द्व बढाउने प्रयासलाई असफल पार्दै आपसी सहकार्य र पारस्परिकता बढाउने भूमिका आफूले खेल्ने उनले बताए।
चुनावी अभियानअन्तर्गत राईले आइतबार वडा नं. ९ को नयाँ बस्ती, गुड्डुटोल तथा वडा नं. २० को माईगाउँ, इदगाहटोल र नयाँबस्ती पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना योजना सार्वजनिक गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement