भर्खरै, राजनीति, समाचार, समाचार

बाँके–२ मा उदाउँदै गरेको जनमुखी नेतृत्व : को हुन् कमरुद्दिन राई ?

०१, फल्गुण २०८२ शुक्रबार 

बाँके, नेपालगन्ज – छोटो समयमै जनताको मन–मस्तिष्कमा बस्न सफल नेतामध्ये एक हुन् कमरुद्दिन राई। मिठासपूर्ण बोली, सरल स्वभाव र निरन्तर जनसेवामा समर्पित भूमिकाका कारण उनी बाँके जिल्लामा परिचित र विश्वासिलो अनुहारका रूपमा स्थापित भएका छन्।


वि.सं. २०३४ सालमा नेपालगन्जमा जन्मिएका राई सानै उमेरदेखि समाजसेवामा सक्रिय रहे। १९ वर्षको उमेरमै राजनीतिक यात्रा सुरु गरेका उनले पद र शक्तिको लालचभन्दा सेवाभावलाई सधैं प्राथमिकतामा राखे। “मलाई पदभन्दा बाहिर बसेर जनताको सेवा गर्न औधि रुचि लाग्छ,” भन्ने उनको अभिव्यक्ति नै उनको राजनीतिक दर्शनको आधार बनेको छ।


हाल उनी जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय सचिवको जिम्मेवारीमा छन्। नीति निर्माण तहमा पुगेर मधेसी, मुस्लिम, अल्पसंख्यक तथा सिमान्तकृत समुदायको अधिकार स्थापित गर्ने उनको स्पष्ट अडान छ। संघीय सांसदको चुनावी प्रतिस्पर्धामा होमिएका राई गरिब तथा निमुखा जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्छन्।


उनको नेतृत्वमा पार्टीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो भने २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि सम्मानजनक जित दर्ता गरेको थियो। दुई दशकभन्दा बढी राजनीतिक संघर्षपछि उनी नेपालगन्जको उपमेयर पदमा निर्वाचित भए। तर पदमा पुगेपछि पनि उनले कहिल्यै घमण्ड देखाएनन्।

Advertisement

धनी–गरिब, निकट–विकट सबैप्रति समान व्यवहार गर्ने उनको छवि अझै बलियो बनेको छ।
“म नेता होइन, जनताको सेवक हुँ,” भन्ने उनको भनाइले उनको कार्यशैली झल्काउँछ। महिला, बालबालिका, युवा र शिक्षाको सवालमा सधैं अग्रसर रहने राई पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न दृढ देखिन्छन्।

नेपालगन्ज मात्र होइन, समग्र बाँके क्षेत्र नम्बर २ को समग्र विकासको खाका कोर्दै अघि बढिरहेका राई भन्छन्, “मैले अरूका लागि धेरै गरेँ, अझ धेरै गर्न बाँकी छ। यो ज्यान रहँदासम्म जनताको काममा खटिरहने छु।”

जनताको सेवाबाटै पहिचान बनाएका कमरुद्दिन राई अहिले कामकै आधारमा पुनः जनमत खोज्दै मैदानमा उत्रिएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0