समाचार, भर्खरै, राजनीति, समाचार

विकास र समृद्धिका लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह

२८, माघ २०८२ बुधबार 

बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। जनताको हक–अधिकार सुनिश्चित गर्दै समग्र विकास र समृद्धिलाई केन्द्रमा राखेर आफू चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्।


बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० अन्तर्गत मनिकापुर, नटनपुर, सुकरामपुर, राँझा एयरपोर्ट क्षेत्र र रम्मेश्वरपुरमा पुगेर राईले स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन्। घरदैलोका क्रममा उनले स्थानीय समस्या, आवश्यकता र सुझावहरू ध्यानपूर्वक सुन्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गरे।

अन्तरक्रियाका क्रममा राईले जनताको वास्तविक समस्या बुझेर मात्र दिगो विकास सम्भव हुने धारणा राखे। “जनताको साथ, विश्वास र सुझाव बिना समृद्धिको यात्रामा अघि बढ्न सकिँदैन,” उनले भने, “यस पटक विकासलाई तीव्रता दिन र जनताको अधिकार सुनिश्चित गर्न छाता चिन्हमा मतदान गर्न आग्रह गर्दछु।”

Advertisement

स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए। राईले ती क्षेत्रलाई योजनाबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता जनाउँदै आफू जनताको सेवकका रूपमा काम गर्ने बताए।


घरदैलो अभियानमार्फत मतदातासँग नजिकिँदै उनले जनविश्वास कायम राख्दै विकास र समृद्धिको स्पष्ट खाका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement