समाचार, भर्खरै, राजनीति, समाचार

प्रतिस्पर्धाभन्दा माथि भाईचारा : बाँके–३ मा जि.एम. र पुनले दिए सकारात्मक सन्देश

२८, माघ २०८२ बुधबार 

बाँके, खजुरा – बाँके निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धा चलिरहँदा दुई प्रमुख दलका उम्मेदवारबीच देखिएको आपसी सौहार्द र भाईचाराले स्थानीय राजनीतिक माहोललाई सकारात्मक बनाएको छ। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक जि.एम. र नेपाली काङ्ग्रेसका उम्मेदवार अमर सिंह पुनबीचको आत्मीय भेटघाटले सभ्य र मर्यादित राजनीतिक संस्कारको सन्देश दिएको हो।


भेटका क्रममा दुवै उम्मेदवारले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना आदान–प्रदान गरेका थिए। उनीहरूले चुनावी प्रतिस्पर्धा स्वाभाविक भए पनि जसले जिते पनि बाँके–३ को समग्र विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विकास र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्ने उनीहरूको अभिव्यक्तिले स्थानीयवासीमा सकारात्मक प्रभाव पारेको छ।

उक्त अवसरमा अमर सिंह पुनले दिपक जि.एम.को काँधमा हात राख्दै क्षेत्रको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने धारणा राख्नुभयो। दुवै नेताबीच देखिएको आत्मीय व्यवहारले आसपासको माहोलसमेत उत्साहपूर्ण बनेको थियो।

Advertisement

स्थानीयवासीका अनुसार फरक विचार र दल भए पनि एक–अर्काप्रति सम्मान कायम राख्दै आफ्ना एजेन्डा प्रस्तुत गर्नु नै लोकतन्त्रको सुन्दर अभ्यास हो। चुनावलाई वैचारिक प्रतिस्पर्धाका रूपमा लिँदै व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा विकास र नीतिगत बहसमा केन्द्रित हुनुपर्ने सन्देश दुवै उम्मेदवारले व्यवहारमार्फत दिएका छन्।

राजनीतिमा असहमति हुँदाहुँदै पनि सहकार्य र भाईचारालाई प्राथमिकता दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै जि.एम. र पुनले बाँके–३ को चुनावी वातावरणलाई थप मर्यादित र सकारात्मक बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement