समाचार, जीवनशैली, भर्खरै, समाचार, स्वास्थ

“रक्तदान जीवनदान” नारासहित डाइनामिक माध्यमिक विद्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

२५, माघ २०८२ आइतबार 

    बबिता शाही 

बाँके, कोहलपुर –“रक्तदान जीवनदान” भन्ने मानवीय नारालाई आत्मसात् गर्दै डाइनामिक माध्यमिक विद्यालय, कोहलपुर–११ बाँकेद्वारा आइतबार बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

२०८२ माघ २५ गते विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी रक्तदाताहरूको सक्रिय योगदानका कारण जम्मा २२ पाउन्ड रगत संकलन हुन सफल भएको विद्यालय प्रशासनले जनाएको छ।

Advertisement


कार्यक्रमले समुदायमा मानवीय सेवा, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावना थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ। विद्यालयले यस्ता जीवनरक्षक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


रक्तदान जस्तो पुण्य कार्यमा साथ र सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0