समाचार, भर्खरै, राजनीति, समाचार

‘म आफू बन्न होइन, यो क्षेत्र बनाउन आएको हुँ’ – सुमन मल्ल

२४, माघ २०८२ शनिबार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुमन मल्लले आफू व्यक्तिगत स्वार्थका लागि होइन, क्षेत्रको समग्र विकासका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।


शुक्रबार जानकी गाउँपालिका–३ मा आयोजित निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मल्लले विगतमा बाहिरबाट आयातित उम्मेदवार निर्वाचित हुँदा क्षेत्रको विकास ओझेलमा परेको गुनासो बढ्दै गएको उल्लेख गरे। “म आफू बन्न होइन, बाँके–३ लाई बनाउन आएको हुँ,” उनले दृढतापूर्वक भने।

बाँके क्षेत्र नम्बर ३ मा ठूला दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले आयातित उम्मेदवार अघि सारेको अवस्थामा नेकपा एमालेले भने स्थानीय युवा, जनतासँग नजिक र क्षेत्रको समस्या बुझेका उम्मेदवारका रूपमा सुमन मल्ललाई चुनावी मैदानमा उतारेको छ।

स्थानीय नेतृत्वलाई अवसर नदिँदा विकासले गति लिन नसकेको जनगुनासो बढिरहेका बेला मल्लले स्थानीय आवश्यकताअनुसार योजना बनाएर क्षेत्रको दीर्घकालीन विकासमा आफू प्रतिबद्ध रहेको बताए।

Advertisement

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धताले कार्यक्रममा उपस्थित कार्यकर्ता तथा स्थानीयवासीमा नयाँ आशा जगाएको थियो।

कार्यक्रममा एमाले कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement