समाचार, भर्खरै, राजनीति, समाचार

नेपालगन्ज–१८ मा दिपेन्द्र बिष्टको सक्रिय अनुगमन घर–आँगनमै जनसंवाद, तारा चिन्हमा मतदान गर्न मतदातासँग अपिल

२२, माघ २०८२ शुक्रबार 

बाँके, नेपालगन्ज –  बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का विभिन्न टोल–बस्तीमा पुगेर स्थलगत अनुगमन तथा मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको छ।


टोल–टोल र घर–आँगनमै पुगेर उम्मेदवार बिष्टले स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाहरू गम्भीरतापूर्वक सुन्नुभयो। अनुगमनका क्रममा सडक, खानेपानी, सरसफाइ, रोजगारी, शिक्षा र युवा सहभागितालगायतका जनजीवनसँग जोडिएका विषयमा खुला छलफल गरिएको थियो।


स्थानीयले उठाएका गुनासा र सुझावलाई ध्यानपूर्वक सुन्दै बिष्टले ती समस्याहरूलाई आगामी दिनमा नीति, कार्यक्रम र व्यवहारिक कार्ययोजनामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको आवाजलाई संसदसम्म पुर्‍याउने जिम्मेवारी आफूले इमानदारीपूर्वक वहन गर्ने बताउनुभयो।

Advertisement


भेटघाटका क्रममा उम्मेदवार बिष्टले यसपटक जिम्मेवार, जवाफदेही र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह गर्नुभयो। उहाँले आफ्नो चुनाव चिन्ह ‘तारा’ मा मतदान गरी साथ र समर्थन दिन मतदातासमक्ष अपिल गर्नुभयो।

नेपालगन्ज–१८ का विभिन्न बस्तीमा भएको यस प्रत्यक्ष संवाद र अनुगमनले चुनावी माहोल थप सक्रिय बनेको छ। उम्मेदवार बिष्टको सरल, सुन्ने र समाधान खोज्ने शैलीका कारण स्थानीय मतदातामाझ उहाँप्रति चासो र भरोसा बढ्दै गएको टोलबासीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement