भर्खरै, राजनीति, समाचार, समाचार

डुडुवामा दिपेन्द्र बिष्टको जनमुखी उपस्थितिले जगायो भरोसा, संवादबाटै फक्रिँदै विकासको आशा

२२, माघ २०८२ शुक्रबार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिकाको स्थलगत अवलोकन गर्दै जनतासँग प्रत्यक्ष संवाद गर्नुभएको छ। डुडुवा–५ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयसँग खुलेर संवाद गर्दै उहाँले चुनावी औपचारिकताभन्दा माथि उठेर जनताको वास्तविक पीडा, समस्या र अपेक्षा बुझ्ने प्रयास गर्नुभएको हो।
घर–आँगन, चौतारो र खेतको डिलमै उभिएर वृद्ध–वृद्धा, महिला, युवा तथा किसानहरूसँग आत्मीय संवाद गर्दै बिष्टले स्थानीयका गुनासोहरू ध्यानपूर्वक सुन्नुभयो।

सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत विषयमा जनताले राखेका समस्याले डुडुवाको यथार्थ चित्रण गरिरहेको देखिन्थ्यो।


स्थानीयवासीहरूले विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि राज्यको ध्यान नपुगेको गुनासो व्यक्त गरे। युवाहरूले रोजगारीको अभावले गाउँ रित्तिँदै गएको पीडा सुनाए भने किसानहरूले सिँचाइ सुविधा र बजार व्यवस्थापन नहुँदा उत्पादनको उचित मूल्य नपाएको दुःखेसो पोखेका थिए। ती आवाजहरू सुन्दै उम्मेदवार बिष्टले जनताको पीडालाई आफ्नै पीडा ठानी समाधानका लागि संसदमा बलियो आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।


स्थानीय एक वृद्धको भनाइले माहोललाई अझ अर्थपूर्ण बनायो, “नेता चुनावमा मात्रै होइन, हाम्रो दैलोमै आएर कुरा सुन्छन् भने आधा समस्या त त्यहीँ समाधान हुन्छ।” यस्तो प्रतिक्रिया स्थानीयमा बढ्दो भरोसाको संकेतका रूपमा देखियो।

Advertisement


संक्षिप्त प्रतिक्रिया दिँदै बिष्टले भन्नुभयो, “डुडुवा केवल भोटको केन्द्र होइन, यहाँका समस्या मेरो जिम्मेवारी हुन्। जनतासँग प्रत्यक्ष संवाद नगरी बनाइने नीति अर्थहीन हुन्छ। यहाँ उठेका हरेक विषयलाई म आफ्नो कार्ययोजनामा समेटेर संसदमा मजबुत रूपमा उठाउनेछु।”

उहाँको भनाइले स्थानीयमा थप आशा र भरोसा जगाएको देखिन्थ्यो। डुडुवामा गरिएको यो अवलोकन र प्रत्यक्ष भेटघाटलाई स्थानीयहरूले केवल चुनावी कार्यक्रम मात्र नभई, सुन्ने र बुझ्ने नेतृत्वको स्पष्ट संकेतका रूपमा लिएका छन्।

भाषणभन्दा संवाद, आश्वासनभन्दा प्रतिबद्धतालाई प्राथमिकता दिने दिपेन्द्र बिष्टको शैलीले डुडुवामा परिवर्तनप्रतिको अपेक्षा र आशाको नयाँ तरंग पैदा गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0