समाचार, भर्खरै, राजनीति, समाचार

नेपालगन्ज–४ मा दिपेन्द्र बिष्टको पक्षमा जनलहर, युवा उम्मेदवारलाई जिताउने दृढ संकल्प

२२, माघ २०८२ बिहिवार 

बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टप्रति नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा जनसमर्थन तीव्र रूपमा बढ्दै गएको छ। परिवर्तनको आकांक्षा बोकेका जनता युवा उम्मेदवार बिष्टलाई विजयी गराउने दृढ संकल्पसहित एकजुट हुँदै अघि बढिरहेका छन्।


घरदैलो भेटघाटदेखि टोल–टोलका छलफलसम्म स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ भने ज्येष्ठ नागरिकसमेत बिष्टको स्पष्ट दृष्टिकोण, निडर नेतृत्व र जनमुखी प्रतिबद्धताबाट प्रभावित भएका छन्।

शिक्षा, रोजगारी, सुशासन र स्थानीय विकासलाई केन्द्रमा राखेर अघि बढेको उनको अभियानले वडा नं. ४ मा नयाँ आशा र भरोसा जगाएको छ।


स्थानीय मतदाताहरूको भनाइमा अब खोक्रा आश्वासन होइन, काम गरेर देखाउने नेतृत्व आवश्यक छ, र त्यसको प्रतीकका रूपमा दिपेन्द्र बिष्टलाई हेरिएको छ।

Advertisement

युवा उम्मेदवारलाई जिताएर राजनीतिमा नयाँ युगको सुरुवात गर्ने विश्वासका साथ नेपालगन्ज–४ का जनता सक्रिय रूपमा चुनावी अभियानमा सहभागी भइरहेका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0