समाचार, भर्खरै, राजनीति, समाचार

बाँके–२ मा दिपेन्द्र विष्टको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद

१९, माघ २०८२ सोमबार 

बाँके, नेपालगन्ज – नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार दिपेन्द्र विष्टले वडा नम्बर २ मा घरदैलो अभियानलाई तीव्र बनाउँदै आम मतदाता महानुभावहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।


घर–घरमा पुगेर मतदातासँग संवाद गर्दै उम्मेदवार विष्टले जनताका गुनासा सुन्ने, सुझाव सङ्कलन गर्ने र अग्रज व्यक्तित्वहरूको आशीर्वाद ग्रहण गर्दै आउनुभएको छ। भेटघाटका क्रममा उहाँले क्षेत्रको समग्र विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको आफ्नो स्पष्ट एजेन्डा मतदातामाझ प्रस्तुत गर्नुभएको छ।


“हरेक घरको ढोका र हरेक मनको आवाज सुन्नु नै मेरो अभियानको मूल उद्देश्य हो,” भन्दै दिपेन्द्र विष्टले जनताको भावना र आवश्यकताअनुसार जिम्मेवार नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Advertisement


स्थानीय मतदाताहरूले पनि प्रत्यक्ष संवादको अवसर पाएकोमा खुशी व्यक्त गर्दै विकास र परिवर्तनका लागि आशा जगाएको प्रतिक्रिया दिएका छन्। घरदैलो अभियानले बाँके–२ मा चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement