समाचार, भर्खरै, राजनीति, समाचार

नेकपा बाँके–३ मा १५१ सदस्यीय चुनावी युवा फोर्स गठन, दिपक जि.एमलाई जिताउने संकल्प

१८, माघ २०८२ आइतबार 

इरफान अलि (अरसद)

बाँके, नेपालगञ्ज – नेपाली कम्युनिष्ट पार्टी बाँके, निर्वाचन क्षेत्र नं. ३ को निर्वाचनलाई लक्षित गर्दै फागुन २१ गतेका लागि क्षेत्रीय युवा परिचालन कमिटीको आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम किस्मत अलि शेष (जीत) को अध्यक्षतामा सम्पन्न भएको हो।


भेलामा पार्टीका केन्द्रीय सदस्य डम्बर बहादुर बिक (तुफान) प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिका रूपमा केन्द्रीय सदस्य मोहम्मद सेर बगवान, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार दिपक जि.एम, पार्टी नेता राजकुमार बिक, कान्तुराम गौतम, मकबुल खान, टंक पोख्रेललगायत नेताहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा युवा नेताहरू नरेन्द्र ददेल, विजय बर्मा, लालबहादुर खड्का, कलामुदिन सिद्दिकी, नरेश चौधरी, रमेश सुनार, अशोक भण्डारीलगायत पार्टीका नेता–कार्यकर्ता तथा युवा कमरेडहरूको व्यापक सहभागिता रहेको थियो।

भेलाबाट १५१ सदस्यीय क्षेत्र नं. ३ को युवा परिचालन कमिटी गठन गरिएको छ। चुनावी युवा फोर्सको क्षेत्रीय कमाण्डमा पूर्व जनमुक्ति सेना नेपालका कमाण्डर क. जीत शेष संयोजक चयन हुनु भएको छ। सह–संयोजकमा YCL नेपाल बाँकेका युवा नेता नरेन्द्र ददेल र युवा संघ नेपालका नेता कलामुदिन सिद्दिकी चयन हुनु भएको छ।

Advertisement


त्यसैगरी क्षेत्र नं. ३ अन्तर्गतका २४ वडालाई दुई भागमा विभाजन गरी कमाण्ड टिम गठन गरिएको छ।
क्षेत्र नं. ३ (क) को संयोजकमा खाम्बा परियार, सह–संयोजकमा राजेन्द्र परियार र मारुफ शेष चयन भएका छन्।
क्षेत्र नं. ३ (ख) को संयोजकमा विजय बर्मा, सह–संयोजकमा कुमार श्रीस र भिम बहादुर सुनार चयन भएका छन्।


जिम्मेवारी प्राप्त दुवै कमाण्ड टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ। बैठकले अब क्षेत्र नं. ३ भित्रका पालिका तथा वडास्तरमा चुनावी युवा फोर्स गठन गर्ने जिम्मेवारीसहित अघि बढ्ने निर्णय गरेको छ।
भेलाले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिपक जि.एमलाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी अत्यधिक मतले विजयी गराउने दृढ संकल्प समेत व्यक्त गरेको छ।


कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको समयमै उपस्थिति रहेको र बैठक शान्तिपूर्ण, भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0