समाचार, भर्खरै, राजनीति, समाचार

दिपेन्द्र विष्टको उपस्थितिमा वडा १९ मा निर्वाचन सम्पर्क कार्यालय भव्य उद्घाटन

१६, माघ २०८२ शुक्रबार

जनतासँग प्रत्यक्ष संवाद, सडक–ढलदेखि शिक्षा र स्वास्थ्यसम्म प्राथमिक एजेन्डा

बाँके, नेपालगञ्ज – बाँके क्षेत्र नम्बर २ का साझा उम्मेदवार दिपेन्द्र विष्टको उपस्थितिमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ मा निर्वाचन सम्पर्क कार्यालय भव्य रूपमा उद्घाटन गरिएको छ। उत्साह र परिवर्तनको अपेक्षाले भरिएको माहोलबीच सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यालय उद्घाटनपछि उम्मेदवार विष्टले स्थानीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै वडामा विद्यमान समस्या र जनआवश्यकताबारे गहिरो संवाद गर्नुभयो। स्थानीयवासीहरूले सडकको दयनीय अवस्था, ढल व्यवस्थापनको अभाव, शिक्षा र स्वास्थ्य सेवामा देखिएका कमजोरीहरू खुलेर राखेका थिए।


जनताका कुरा ध्यानपूर्वक सुन्दै विष्टले सडक, ढल, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रमुख एजेन्डा बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement


“विकास भाषणले होइन, जनताको पीडा सुनेर र समाधान गरेर हुन्छ,” भन्दै उहाँले वडाको दिगो विकासका लागि स्थानीय सहभागिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्ने बताउनुभयो।

उहाँको स्पष्ट धारणा र जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दामा केन्द्रित भनाइले उपस्थित समुदायमा आशा र विश्वास थपिएको देखिन्थ्यो। स्थानीयवासीहरूले विष्टको सरल व्यवहार, सुन्ने क्षमता र समस्याप्रति देखाएको संवेदनशीलतालाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।


स्थानीयका अनुसार उद्घाटन गरिएको सम्पर्क कार्यालय केवल चुनावी गतिविधिको केन्द्र मात्र नभई जनताको आवाज सुन्ने र समाधान खोज्ने साझा थलोको रूपमा स्थापित हुने विश्वास गरिएको छ। वडा १९ बाट सुरु भएको यो जनसंवादले बाँके क्षेत्र नम्बर २ मा परिवर्तनको यात्रालाई थप गति दिने अपेक्षा गरिएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0