समाचार, भर्खरै, राजनीति, समाचार

“बाँके–३ मा दीपक जि एम: जेन्जी युवापुस्तासँग प्रत्यक्ष संवाद, सक्रिय चुनावी अभियान!”

१३, माघ २०८२ मगंलवार 

    इरफान अलि 

बाँके, नेपालगञ्ज – बाँके क्षेत्र नम्बर ३ नेपाली कम्युनिष्ट पार्टीका युवा उम्मेदवार दीपक जि एम अहिले आफ्नो निर्वाचन क्षेत्रमा अगुवा कार्यकर्ता र मतदातासँग भेटघाट अभियान तीव्र बनाइरहनुभएको छ।

विशेषगरी जेन्जी युवापुस्ता माझ लोकप्रिय उम्मेदवार दीपक जि एम अहिले खजुरा–४ मा युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय विकास, शिक्षा, स्वास्थ्य र युवा सशक्तिकरणका प्रतिबद्धताहरू साझा गर्दै छन्।

Advertisement

स्थानीय जनता र नेता–कार्यकर्ताहरूले उनको उत्साही नेतृत्व, स्पष्ट दृष्टिकोण र युवापुस्तामाझको लोकप्रियताको प्रशंसा गर्दै आगामी चुनावमा जीत सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

विश्लेषकहरूले यस अभियानलाई बाँके–३ मा चुनावी माहोलमा जोश र उत्साह थप्ने निर्णायक संकेतको रूपमा मूल्यांकन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement