भर्खरै, खेलकुद, जीवनशैली, राजनीति, समाचार, समाचार

स्थानीय खेलाडीहरूसँग संवादमा बाँके–२ का खेलप्रेमी उम्मेदवार दिपेन्द्र बिष्ट

१३, माघ २०८२ मगंलवार 

     इरफान अलि 

बाँके, नेपालगञ्ज — भारतको देहरादुनमा सम्पन्न ८औँ ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको अवसरमा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा खेलप्रेमी नेता दिपेन्द्र बिष्टले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेका खेलाडी र प्रशिक्षकहरूसँग सिधा संवाद गर्नुभएको छ।

चुनावी प्रचारप्रसारकै क्रममा विशेष रूपमा उपस्थित भएका उम्मेदवार बिष्टले प्रतियोगितामा सहभागी खेलाडीहरूको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनको खुलेर प्रशंसा गर्नुभयो। उहाँले खेलकुद युवाहरूलाई सकारात्मक सोच, आत्मअनुशासन र नेतृत्व क्षमतातर्फ डोर्‍याउने प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।

“खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास र नेतृत्व सिकाउँछ,” भन्दै उम्मेदवार बिष्टले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि राज्यले पूर्वाधार निर्माण, गुणस्तरीय प्रशिक्षण तथा अवसरको विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। खेलाडीमैत्री नीति निर्माणका लागि आफू दृढ प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

Advertisement

भेटघाटका क्रममा रनर खेलाडी तथा प्रशिक्षकहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्राप्त अनुभव साझा गर्दै आगामी दिनमा अझ व्यवस्थित तयारी र संस्थागत सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे। यस अवसरमा उम्मेदवार बिष्टले खेलाडीहरूको हौसला बढाउँदै उनीहरूको आवाज नीतिनिर्माण तहसम्म पुर्‍याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

Advertisement

कार्यक्रमअन्तर्गत भएको यस भेटघाटले खेलकुदप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बाँके क्षेत्र नं. २ का युवामाझ खेलकुद र नेतृत्वबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0