भर्खरै, राजनीति, शिक्षा, समाचार, समाचार

नेपालगन्ज–३ मा बिहानैदेखि जनसम्पर्क अभियान—खानेपानी समाधानको स्पष्ट प्रतिबद्धतासहित दिपेन्द्र बिष्ट मैदानमा

१३,माघ २०८२ मगंलवार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आज बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा घरदैलो तथा प्रत्यक्ष जनसम्पर्क अभियानलाई तीव्रता दिनुभएको छ। मतदातासँग सिधा संवाद गर्दै उहाँले दीर्घकालीन खानेपानी समस्याको स्थायी समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको हो।


जनसम्पर्कका क्रममा उम्मेदवार बिष्टले वडा नं. ३ ले वर्षौंदेखि भोग्दै आएको खानेपानी अभावलाई गम्भीर चुनौतीको रूपमा उल्लेख गर्दै नीतिगत पहल, पर्याप्त बजेट सुनिश्चितता र प्रभावकारी कार्यान्वयनमार्फत समाधान खोजिने बताउनुभयो।
“खानेपानी नागरिकको आधारभूत अधिकार हो। यसको सुनिश्चितता बिना विकासको कल्पना गर्न सकिँदैन,” उहाँले मतदातामाझ स्पष्ट गर्नुभयो।


उहाँसँगै समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि जनसम्पर्कमा सहभागी हुँदै आफ्ना एजेन्डा सार्वजनिक गर्नुभएको छ। उहाँहरूले महिला, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका मुद्दालाई संसदसम्म मजबुत रूपमा पुर्‍याउने प्रतिबद्धता जनाउँदै समावेशी विकास र सामाजिक न्यायमा जोड दिनुभयो।


समानुपातिक उम्मेदवारहरूले जनताको वास्तविक आवश्यकतामा आधारित नीति निर्माण, आधारभूत सेवामा समान पहुँच र अधिकारमुखी शासन प्रणालीका लागि संसदभित्र सशक्त भूमिका खेल्ने विश्वास दिलाएका छन्।

Advertisement


जनसम्पर्कका क्रममा उम्मेदवारहरूको सामूहिक उपस्थिति, सरल प्रस्तुति र स्पष्ट प्रतिबद्धताले स्थानीय मतदातामा सकारात्मक सन्देश प्रवाह भएको देखिएको छ। बिहानैदेखि सुरु भएको सक्रिय अभियानले वडा नं. ३ को चुनावी माहोल थप उर्जाशील बनेको स्थानीयको प्रतिक्रिया छ।


यो जनसम्पर्क अभियानले बाँके क्षेत्र नं. २ मा समाधानमुखी, समावेशी र जनउत्तरदायी राजनीतिप्रति जनविश्वास बढ्दै गएको स्पष्ट संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement