समाचार, जीवनशैली, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार

नेपालगन्ज महोत्सवमा बद्री पंगेनी र एन्जिला रेग्मीका हिट गीतमा दर्शक झुम्दै रमाए

०६, माघ २०८२ मगंलवार 

बाँके, नेपालगन्ज  – नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थलमा रंगीन बनेको छ।

महोत्सवको मुख्य आकर्षण राष्ट्रिय चर्चित लोकदोहोरी गायक बद्री पंगेनीका प्रस्तुती रहे, जसमा उनले “झ्याप्पै आइन मगरनी लर्को ओढेर” लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुम्न बाध्य बनाएका थिए।


यसैगरी गायिका एन्जिला रेग्मीले आफ्नो लोकप्रिय गीत “बजाएर बाजा”, “माया बस्यो हात्तैमा” लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् भने गायक शिव जीएमले “छुच्चि माया”, “रक्सी मासु”, “चुम्मा देउ छैली लगाउत” जस्ता थारु प्रस्तुती मार्फत दर्शकलाई नाच्न बाध्य बनाए।

Advertisement


महोत्सवमा डान्सर विन्दु विष्टले पनि नृत्य प्रस्तुत गरेका थिए। आयोजनाकर्ता समर बहादुर खत्रीका अनुसार महोत्सवमा राष्ट्रीय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतीसहित व्यापारिक स्टल, थारु गाउँ अवलोकन, र विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता समेत सञ्चालन भैरहेको छ।


भोलि महोत्सवमा चर्चित गायिका प्रिति आले, गायक श्री कृष्ण बम मल्ल, मोडल आरुशी अस्लामी मगर, र डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती हुने जानकारी आयोजकले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement