समाचार, जीवनशैली, मनोरञ्जन, समाचार

नेपालगञ्ज पहिलोपटक राष्ट्रिय क्रिएटिभ केन्द्रको रूपमा स्थापित हुँदै

०७, माघ २०८२ बुधबार 

बाँके, नेपालगञ्ज – नेपालगञ्जका लागि गर्व, अवसर र इतिहास एकैसाथ जोडिने ऐतिहासिक क्षण आउँदैछ। U.S. Embassy Nepal को आयोजनामा हुने Creator’s Mela 2026 ले नेपालगञ्जलाई राष्ट्रिय स्तरको क्रिएटिभ हब को रूपमा स्थापित गर्ने भएको छ।

२०२६ जनवरी २४ गते होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजना हुने यस मेलामा नेपालगञ्जका आफ्नै सिर्जनशील प्रतिनिधि RGB Nihal, Mohini Dilip Poudel र Rehan Ade ले मञ्चमार्फत नेपालगञ्जको आवाज, कथा र सम्भावनालाई देशभर पुर्‍याउनेछन्।

कार्यक्रममा नेपालका चर्चित क्रिएटर, कलाकार, उद्यमी तथा ब्रान्ड विशेषज्ञहरूको विशेष उपस्थिति रहनेछ। जसमा प्रियंका कार्की, आयुष्मान जोशी, लेक्स लिम्बु, कविता नेपाली, अश्विन न्यौपाने, विधान श्रेष्ठ, सुष्मा कार्की, नेपाल 8th Wonder, इभा गिरी, प्रेमा लामगाडे र रेहान श्रेष्ठ रहेका छन्।

यसैगरी Shark Tank Nepal बाट Cabinet Shrestha, Bishaka Khadka र Anand Bagariya को विशेष सहभागिता रहनेछ, जहाँ ब्रान्ड, व्यवसाय र क्रिएटर करियरसम्बन्धी गहिरो ज्ञान र अनुभव साझा गरिनेछ।

Advertisement

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका लोकप्रिय गायक सज्जन राज वैद्यको LIVE Concert रहनेछ, जसले Creator’s Mela लाई अझ भव्य, ऐतिहासिक र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार Creator’s Mela केवल एउटा कार्यक्रम मात्र नभई नेपालगञ्जका युवा, नयाँ–पुराना क्रिएटर, उद्यमी र कलाकारहरूका लागि भविष्य खोल्ने राष्ट्रिय प्लेटफर्म हो। यस कार्यक्रममार्फत आज नेपालगञ्जतर्फ देश, ब्रान्ड र अवसर सबैको ध्यान केन्द्रित भएको आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी हुन प्रवेश निःशुल्क भए पनि दर्ता अनिवार्य गरिएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0