समाचार, अन्य, भर्खरै, समाचार

यातायात व्यवस्था कार्यालय बाँकेमा लाइसेन्स ट्रायलमा अनियमितताको आशंका, अनुसन्धान कसले गर्ने ?

०५, माघ २०८२ सोमबार 

बाँके, नेपालगञ्ज – यातायात व्यवस्था कार्यालय बाँकेमा पौष २७ गते सम्पन्न हेभी लाइसेन्स ट्रायल तथा दैनिक रूपमा हुने लाईट लाइसेन्स ट्रायल प्रक्रियामा अनियमितता भएको आशंका बढ्दै गएको छ।


ट्रायल परीक्षामा सहभागी सेवाग्राहीहरूले ट्रायलको नतिजा समयमै सार्वजनिक नहुने, पारदर्शिता नदेखिने तथा ट्रायल सम्पन्न भएपछि पनि यातायात व्यवस्था कार्यालय बाँकेको आधिकारिक फेसबुक पेज तथा अन्य माध्यममा ट्रायल रिजल्ट नआउनु शंकास्पद रहेको बताएका छन्।

हरेक दिन सञ्चालन हुने लाईट लाइसेन्स ट्रायल र तोकिएका मितिमा हुने हेभी लाइसेन्स ट्रायलको नतिजा सार्वजनिक नगर्नुको कारण के हो ? ट्रायल प्रक्रियामा निष्पक्षता छ कि छैन ? भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठ्न थालेको छ।
यदि ट्रायल प्रक्रियामा अनियमितता भएको हो भने यसको अनुसन्धान कसले गर्ने ? जिम्मेवार निकाय किन मौन छ ? भन्ने प्रश्नसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ।

Advertisement

सेवाग्राहीहरू ट्रायल प्रणालीलाई पारदर्शी, निष्पक्ष र प्रविधिमैत्री बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छिटो छानबिन र स्पष्ट जवाफको माग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement