जीवनशैली, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार, समाचार

नेपालगन्ज महोत्सवमा खुमन–इसबलको लाइभ लोकदोहोरी, ‘माया पानको पात’मा झुमे दर्शक

०४, माघ २०८२ आइतबार 

बाँके, नेपालगन्ज – नेपालगन्जमा जारी आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा आज चर्चित गायक खुमन अधिकारी र गायीका इसबल सन्ज्यालको लाइभ लोकदोहोरी प्रस्तुतिले दर्शकलाई झुमायो।


कार्यक्रमको सुरुवात गायक खुमन अधिकारीले “मायालुले भिर्ने झोला मैले भिर्न मिल्ला कि न मिल्ला” बोलको गीतबाट गरेका थिए। त्यसपछि उनले हाना हान दोहोरीमा दम छ, यो मान्छे चिन्छौं, हात समाइ हिड, छोरा मान्छे भएपछि एउटा दुईटा लभ त पर्छ, माया पानको पात लगायत दर्जनौँ लोकप्रिय गीत प्रस्तुत गर्दै महोत्सवको माहोल तताएका थिए।

विशेषगरी “माया पानको पात” गीतमा लाइभ दोहोरी हुँदा दर्शकले ताली र हुटिङमार्फत कलाकारलाई साथ दिएका थिए।
यस्तै गायीका इसबल सन्ज्यालले पनि धान रोप्ने हुन, चल गोविन्द, झुम्के बुलाकी, मोहनी लायो, तिमी कता हराउने म कता हराउने, सानी मान्छे, कल धाराको पानी, बैमानीले ढाट्यो, यति माया लगायत आफ्ना हिट गीत प्रस्तुत गर्दा दर्शक झुमी–झुमी नाचेका थिए।

Advertisement


कार्यक्रममा मोडेल निशा गिरीले आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकको ध्यान खिचिन्। उनका हट गीतका नृत्यमा महोत्सव स्थल हुटिङले गुञ्जायमान बनेको थियो। यस्तै एमसी रिन्जाले ¥याप गीतमार्फत युवा दर्शकलाई उत्साहित बनाएका थिए।
पुस ३० गतेदेखि सुरु भएको उक्त महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा बाँकेको आयोजनामा, तथा नेपालगञ्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा सञ्चालन भइरहेको छ।


आयोजक मूल समितिका संयोजक समर बहादुर खत्रीका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक आकर्षक प्रस्तुति रहनेछ। आगामी दिनहरूमा चर्चित नायक तथा मोडेल पल शाह, गायक तथा मोडेल दुर्गेश थापा, गायीका शान्ति श्री परियार, टंक तिमिल्सेना, प्रिति आले, बद्री पंगेनीलगायत दुई दर्जनभन्दा बढी कलाकारको प्रस्तुति रहने जानकारी उहाँले दिनुभयो।


महोत्सवमा लण्डन ब्रिज, फिस टनेल, विभिन्न व्यावसायिक स्टल, थारु गाउँ अवलोकनको व्यवस्था रहेको छ। साथै विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि सञ्चालन हुने सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिनुभयो।
भोलि सोमबार महोत्सवमा गायक टंक तिमिल्सेना, गायीका शान्ति श्री परियार र मोडेल निशा गिरीको विशेष प्रस्तुति रहनेछ। सोमबारको कार्यक्रमको उद्घोषण तिलक गाउँले र आरजे रास्कोटीले गर्नेछन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0