खेलकुद, जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

युवाहरूको पहलमा नेपालगञ्जमा खुला आर्म रेस्लिङ कार्यक्रम सम्पन्न

०१, माघ २०८२ बिहिवार 

बाँके, नेपालगञ्ज –  नेपालगञ्जका युवाहरूको सक्रिय पहलमा खुला आर्म रेस्लिङ कार्यक्रम सम्पन्न भएको छ। आर्म रेस्लिङप्रति रुचि राख्ने तथा लुकेर रहेका खेलाडीहरूको खोजी गर्ने उद्देश्यसहित करिब १० जना युवाहरूको समूहले स्वयं–प्रायोजनमा उक्त कार्यक्रम आयोजना गरेको हो।

आर्यन गुप्ताको नेतृत्वमा आयोजित कार्यक्रम नेपालगञ्जको गगनगन्जस्थित मुबारक बिरयानीको पछाडि रहेको खुला मैदानमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपालगञ्ज तथा बाँके जिल्लामा पनि सक्षम र प्रतिस्पर्धी आर्म रेस्लरहरू रहेको सन्देश प्रवाह गर्नुका साथै स्थानीय प्रतिभालाई पहिचान गरी अगाडि ल्याउनु हो।

यस कार्यक्रमलाई आगामी दिनमा राष्ट्रिय स्तरका आर्म रेस्लिङ प्रतियोगितामा नेपालगञ्ज र बाँके जिल्लाबाट खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने दिशामा गरिएको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Advertisement

युवाहरूको यस्तो स्वतःस्फूर्त प्रयासले स्थानीय खेल प्रतिभा पहिचान, खेलकुद संस्कृतिको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement