राजनीति, समाचार, समाचार

बाँके–१ मा युवाको आशा बने दिपक बुढाथोकी, वैकल्पिक नेतृत्वको बलियो दाबी

२९, पौष २०८२ मगंलवार 

बाँके, नेपालगञ्ज – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता दिपक बुढाथोकी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनेसँगै युवामाझ आशा र उत्साह बढेको छ। ऊर्जाशील, शिक्षित र परिणाममुखी नेताका रूपमा परिचित बुढाथोकीलाई वैकल्पिक राजनीतिक नेतृत्वको प्रतीकका रूपमा हेरिन थालिएको छ।

सामाजिक न्याय, परिवर्तनकारी राजनीति र जनताको हक–अधिकारका पक्षमा लामो समयदेखि सक्रिय बुढाथोकीले युवाको आवाज संसदसम्म पुर्‍याउने स्पष्ट प्रतिबद्धतासहित उम्मेदवारी दिएका हुन्। बेरोजगारी, वैदेशिक पलायन, अवसरको अभाव र पुरानो राजनीतिक संस्कारबाट आजित युवाहरूका लागि उनको उम्मेदवारी नयाँ भरोसाको केन्द्र बनेको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट गुलाफ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बुढाथोकीले युवा शिक्षा, सीप विकास, स्टार्टअप प्रवर्द्धन, स्वदेशमै रोजगारी सिर्जना र उद्यमशीलतालाई प्रमुख एजेन्डा बनाएका छन्।
“युवा शक्तिलाई भाषण सुन्न होइन, निर्णय गर्ने ठाउँमा पुर्‍याउनुपर्छ,” भन्ने उनको धारणा छ।

इमानदार, संघर्षशील र जनताको दुःख–सुखमा सधैं साथ दिने नेताका रूपमा चिनिएका बुढाथोकीलाई समर्थकहरूले पुरानो सोच र शैलीविरुद्धको बलियो विकल्प मानिरहेका छन्। सामाजिक सञ्जाल, युवा संघ–संगठन र स्थानीय तहमा उनको पक्षमा समर्थन तीव्र रूपमा बढ्दै गएको देखिन्छ।

Advertisement

“राजनीति पद होइन, जिम्मेवारी हो” भन्ने दृष्टिकोणसहित अघि बढेका बुढाथोकीले बाँके क्षेत्र नं. १ लाई युवा–मैत्री, अवसर–मैत्री र विकास–केन्द्रित बनाउने अठोट व्यक्त गरेका छन्। उनको उम्मेदवारीले विशेषगरी पहिलोपटक मतदान गर्न लागेका युवामाझ उल्लेखनीय उत्साह थपेको छ।

आगामी निर्वाचनमा बाँके क्षेत्र नं. १ का मतदातालाई गुलाफ चिन्हमा मतदान गरी युवाको आवाज, नयाँ सोच र वास्तविक परिवर्तनको पक्षमा उभिन बुढाथोकीले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0

Advertisement