भर्खरै, राजनीति, समाचार, समाचार

आसन्न निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्था कडा, गस्ती र निगरानी तीव्र

२५, पौष २०८२ शुक्रबार 

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था थप सुदृढ बनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सशस्त्र प्रहरीले गस्ती तथा निगरानी कार्यलाई तीव्र बनाएको हो।


संवेदनशील क्षेत्रहरूमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ भने सीमा क्षेत्र, मुख्य राजमार्ग, भीडभाड हुने स्थान तथा निर्वाचनसँग सम्बन्धित संरचनाहरूमा नियमित तथा आकस्मिक गस्ती बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि खुफिया सूचना संकलन र निगरानी प्रणालीलाई समेत प्रभावकारी बनाइएको छ।

सशस्त्र प्रहरी बलका अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गर्दै संयुक्त गस्ती, चेकजाँच तथा निगरानी कार्य सञ्चालन भइरहेको छ। कुनै पनि आपराधिक गतिविधि वा निर्वाचन विथोल्ने प्रयासलाई कडाइका साथ नियन्त्रण गरिने चेतावनीसमेत दिइएको छ।

Advertisement

सशस्त्र प्रहरी बलले आम नागरिकलाई ढुक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै शान्ति, सुरक्षा र स्थिरता कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement