जीवनशैली, भर्खरै, राजनीति, व्यापार, शिक्षा, समाचार, समाचार

पर्सा प्रशासनद्वारा वीरगञ्जमा कर्फ्यू आदेश थप कडा, दिउँसो १ बजेसम्म निरन्तरता

२२,पौष २०८२ मगंलवार 

बीरगञ्ज, पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्था मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्यू आदेशलाई आज दिउँसो १:०० बजेसम्मका लागि निरन्तरता दिएको छ।


प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार हिजो मिति २०८२/०९/२१ गते साँझ ६:०० बजेदेखि आज बिहान ८:०० बजेसम्म लागू गरिएको कर्फ्यूलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज दिउँसो १:०० बजेसम्म थप गरिएको हो।

कर्फ्यू वीरगञ्ज महानगरपालिकाको तोकिएको चार किल्लाभित्र लागू गरिएको छ। जसअनुसार

पूर्वतर्फ बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्रमा आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ।

Advertisement

कर्फ्यू अवधिभर उक्त क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ। आदेश उल्लंघन गरेमा सुरक्षाकर्मीले कडा कदम चाल्न सक्ने चेतावनीसमेत दिइएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गर्दै निस्कनै परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

कर्फ्यू अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा भने सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0