२१,पौष २०८२ सोमबार
नयाँ दिल्ली । नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम, लाजपत नगरमा आइतबार ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको थियो। उहाँले प्रवासी नेपालीका साझा समस्या, अधिकार र सम्मान, आगामी निर्वाचनको महत्व तथा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा स्पष्ट, तथ्यपरक र दूरदर्शी विचार व्यक्त गर्नुभयो। प्रवासी नेपालीको योगदानलाई राज्यले अझ व्यवस्थित रूपमा सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता रामबहादुर डागी ले गर्नुभएको थियो भने सञ्चालन नेपाली समाज भारतका महासचिव आर.बी. खड्का ले गर्नुभएको थियो।

कार्यक्रममा नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडे ले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा नेपाली समाज भारतका उपाध्यक्ष उषा थापा, उपमहासचिव राजु केसी, नागेन्द्र ढकाल, रवि कुमार, सचिवहरू कमला शर्मा, नारायण बीके, नवराज सेडाई, सोभाराम रसाली, कोषाध्यक्ष मानु श्रेष्ठ, सह–कोषाध्यक्ष ठाकुर भुसाल, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष वेदप्रकाश भण्डारी, केन्द्रीय नेता नवल केसी, अर्जुन दयाल, बेल पून, राधा आर्यल लगायत नेपाली समाज भारतका केन्द्रीय नेता, कार्यकर्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा नेपाल–भारतबीचको भाइचारा प्रवर्द्धनमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा भारतका विभिन्न राज्यहरूबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले प्रवासी नेपालीका अधिकार, संगठन सुदृढीकरण, एकता, सम्मान र भावी कार्यदिशाबारे गहन छलफल गरेका थिए।
नेपाली समाज भारतले यस्ता कार्यक्रममार्फत प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाल–भारत मैत्री सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
— आर.बी. खड्का
महासचिव, नेपाली समाज भारत

