जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

राजा खान विइङ ह्युम्यान संस्था द्वारा नेपालगञ्जमा शीतलहरपीडित विपन्न परिवारलाई न्यानो कम्बल वितरण

२०, पौष २०८२ आइतबार 

बाँके, नेपालगञ्ज — तराई क्षेत्रमा बढ्दो शीतलहरका कारण प्रभावित भएका विपन्न समुदायलाई लक्षित गर्दै ले नेपालगञ्जमा २५० जनालाई न्यानो कम्बल वितरण गरेको छ।

संस्थाले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका अपाङ्ग, एकल महिला, दलित तथा आर्थिक रूपमा कमजोर २५० जना नागरिकलाई एक–एक थान कम्बल प्रदान गरेको हो। अत्यधिक चिसोका कारण दैनिक जीवन र स्वास्थ्यमा समस्या देखिन थालेपछि संस्थाले ‘न्यानो अभियान’ सञ्चालन गरी राहत वितरण गरेको जनाएको छ।

संस्थाका उपाध्यक्ष सदाब खानका अनुसार वडा नम्बर १४ का ६० जना र वडा नम्बर ०६ का ४५ जनासहित अन्य वडाका गरी जम्मा २५० जनालाई कम्बल बाँडिएको हो।

Advertisement

“जाडो याममा विपन्न समुदायलाई चिसोबाट जोगाउन सहयोग पुगोस भन्ने उद्देश्यले न्यानो अभियान सुरु गरेका हौँ,” उहाँले भन्नुभयो, “गरिब तथा असहाय नागरिकप्रति हाम्रो अभियान केन्द्रित छ।”

तीन सातायता जारी शीतलहरले तराईसहित देशका विभिन्न भू–भागमा जनजीवन प्रभावित भएको छ। कतिपय स्थानमा चिसोका कारण मानवीय क्षति भएको खबर आइरहेका बेला समयमै गरिएको कम्बल वितरणले प्रभावित समुदायलाई राहत पुगेको स्थानीयवासीले बताएका छन्।

Advertisement

स्थानीय, समाजसेवी तथा सर्वसाधारणको उपस्थितिमा सम्पन्न कार्यक्रममा राजा खान विइङ ह्युम्यान संस्थाले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0