भर्खरै, राजनीति, शिक्षा, समाचार, समाचार

नेपालगन्जमा चौथो नमुना युवा संसद लुम्बिनी–२०८२ भव्य रूपमा सम्पन्न, युवालाई संसदीय अभ्याससँग जोड्ने प्रभावकारी मञ्च

१९, पौष २०८२ शनिबार 

बाँके, नेपालगन्ज – परिवर्तित युवा, परिवर्तित समाज, परिवर्तित राष्ट्र भन्ने दूरदर्शी मूल नारासहित कानुन समाज सेवा नेपाल को आयोजनामा चौथो नमुना युवा संसद लुम्बिनी–२०८२ नेपालगन्जमा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

युवा तथा बालबालिकालाई लक्षित गरी शैक्षिक–बौद्धिक सशक्तीकरण गर्ने उद्देश्यसहित आयोजना गरिएको नमुना युवा संसदले सहभागी युवालाई नेपालको संघीय संसदीय प्रणाली र लोकतान्त्रिक अभ्यासबारे सैद्धान्तिक मात्र होइन, व्यवहारिक अनुभव समेत प्रदान गरेको छ।

कार्यक्रमबारे जानकारी दिँदै कानुन समाज सेवा नेपालका संस्थापक केन्द्रीय अध्यक्ष छत्र सुनार ज्यूले नमुना युवा संसदमार्फत

संघीय संसदीय अभ्यास, संसदीय कार्यशैली तथा कार्यसूची निर्माण, व्यवस्थापिका र कार्यपालिकाको भूमिका र जिम्मेवारी, कानुन निर्माणको सम्पूर्ण प्रक्रिया, संसद अधिवेशन आह्वानदेखि अन्त्यसम्मको विधि,

युवा र राजनीति बीचको अन्तरसम्बन्धलगायत विषयमा गहन प्रशिक्षण दिइएको बताए।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री महेश्वर जंग गहतराज (अथक) ले लोकतन्त्रको भविष्य युवाको चेतना र सक्रियतामा निर्भर रहने उल्लेख गर्दै यस्ता अभ्यासले जिम्मेवार र सक्षम नेतृत्व उत्पादन गर्न मद्दत पुग्ने बताए।

त्यसैगरी विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय कृष्णा के.सी. (नमूना) ले युवा संसद लोकतान्त्रिक संस्कार सिक्ने उत्कृष्ट प्रयोगशाला भएको धारणा व्यक्त गर्नुभयो। विशेष अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ ले युवालाई संविधान, कानुन र शासन प्रक्रियासँग जोड्ने यस्ता कार्यक्रम समयानुकूल र आवश्यक रहेको बताए।

Advertisement

विभिन्न क्षेत्रका अतिथि, प्रशिक्षक, समाजसेवी तथा ठूलो संख्यामा युवाको उपस्थितिमा सम्पन्न कार्यक्रमले लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र कानुनी चेतना विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।

चौथो नमुना युवा संसद लुम्बिनी–२०८२ ले नेपालगन्जलाई युवा नेतृत्व विकास र लोकतान्त्रिक अभ्यासको केन्द्रका रूपमा थप स्थापित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0