भर्खरै, राजनीति, समाचार, समाचार

जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मधेशी तर्फ श्रवण कुमार यादव १ नम्बरमा सिफारिस

१२, पौष २०८२ शनिबार 

बाँके, नेपालगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट समानुपातिक मधेशी तर्फ प्रभावशाली युवा नेता श्रवण कुमार यादव को नाम सिफारिस गरेको छ। सिफारिसकै आधारमा जसपा नेपाल लुम्बिनी प्रदेश समितिले यादवलाई १ नम्बर प्राथमिकतामा राख्दै केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको हो।

लुम्बिनी प्रदेश समितिको बैठकमा पार्टी संगठन सुदृढीकरण, स्थानीय तहमा प्रभाव विस्तार, समावेशी प्रतिनिधित्व तथा युवाको भूमिकालाई प्राथमिकता दिने विषयमा व्यापक छलफल भएको थियो। सोही छलफलको निष्कर्षस्वरूप सक्रिय, लोकप्रिय र संगठनमा निरन्तर योगदान दिँदै आएका यादवलाई उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।

युवा नेता यादव लामो समयदेखि जसपाको संगठन निर्माणमा सक्रिय रहँदै उत्पीडित वर्गको वकालत, उपेक्षित जनताको हक–अधिकार र पहिचानका मुद्दा उठाउँदै आएका छन्। मधेशी, मुस्लिम, दलित, आदिवासी जनजाति, थारु, अपाङ्ग, महिला तथा युवा सशक्तीकरण, सामाजिक न्याय र उत्पीडित समुदायका सवालमा उनको निरन्तर सक्रियताले पार्टीभित्र मात्र होइन, स्थानीय तहमा समेत बलियो प्रभाव बनाएको छ। जनसम्पर्क, सामाजिक अभियान र पार्टीका आन्दोलनहरूमा अग्रपंक्तिमा देखिँदै आएका कारण कार्यकर्ता–समर्थकहरू माझ उनको नाम सिफारिसलाई सकारात्मक रूपमा लिइएको छ।

Advertisement

जसपा नेपालले यसपटकको निर्वाचनमा नयाँ अनुहार र युवा शक्तिको सहभागिता बढाउने रणनीति लिएको बताउँदै आएको छ। लुम्बिनी प्रदेश समितिबाट यादवको नाम १ नम्बरमा सिफारिस हुनु पार्टीको दीर्घकालीन राजनीतिक दृष्टिकोणसँग मेल खाने नेताहरूको भनाइ छ।

अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय समितिले आवश्यक प्रक्रिया पूरा गरेपछि लगाउने जनाइएको छ। नाम सिफारिसको खबरपछि गृह जिल्ला बाँकेसहित कपिलवस्तु, रुपन्देही र परासी जस्ता जसपा प्रभाव भएका जिल्लामा कार्यकर्ता तथा समर्थकहरूमा उत्साह थपिएको देखिएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0