समाचार, भर्खरै, राजनीति, समाचार

एमालेसहित विभिन्न दलका ५६ नेता–कार्यकर्ता नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा भव्य स्वागत

११, पौष २०८२ शुक्रबार 

काठमाडौं,

नेकपा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गर्दै ५६ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरुलाई खादा तथा माला लगाएर स्वागत गर्नुभएको हो।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा र पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु लगायत विभिन्न तहका नेताकार्यकर्ता रहेका छन्।

Advertisement

नवप्रवेशीहरुको तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमालेको प्रभाव समाप्त हुने दाबी गर्नुभयो। उहाँले पर्सामा नेकपाको संगठन अझ मजबुत बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस पार्टी प्रवेशले पर्सा जिल्लामा नेकपाको शक्ति थप सुदृढ हुने बताउनुभयो। पर्सामै भव्य कार्यक्रमका बीच पार्टी प्रवेश गराउने योजना भए पनि समय अभावका कारण केन्द्रीय कार्यालय पेरिसडाँडामै कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।

पार्टी प्रवेश कार्यक्रमले नेकपाको संगठन विस्तार र जनआधार बलियो बनाउने नेताहरूको विश्वास रहेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0