समाचार, भर्खरै, मनोरञ्जन, शिक्षा, समाचार

नेपालगञ्जमा दोस्रो Content Creators Meetup हुँदै डिसेम्बर २७ मा Hotel Kalptaru मा स्थानीय डिजिटल प्रतिभाको भेला

११, पौष २०८२ शुक्रबार 

बाँके, नेपालगञ्ज – स्थानीय डिजिटल प्रतिभालाई प्रोत्साहन, सशक्तिकरण र सहकार्यको प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सामुदायिक संस्था Meet & Greet ले दोस्रो Content Creators Meetup आयोजना गर्ने घोषणा गरेको छ।
उक्त कार्यक्रम डिसेम्बर २७, २०२५ का दिन Hotel Kalptaru, न्यू रोड, नेपालगञ्ज मा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको समन्वय स्थानीय कन्टेन्ट क्रिएटर RGB Nihal ले गर्नेछन् भने कार्यक्रमको होस्टका रूपमा Ravi Basnet रहनेछन्।
मिटअपमा नेपालगञ्ज तथा आसपासका क्षेत्रका फोटोग्राफर, भिडियोग्राफर, डिजिटल इन्फ्लुएन्सर तथा डिजिटल स्टोरीटेलरहरू को उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, कार्यक्रमले कन्टेन्ट क्रिएटरहरूबीच आपसी परिचय, अनुभव आदान–प्रदान तथा व्यावसायिक सहकार्य लाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

आयोजक टोलीले जनाएको छ,

Advertisement

“स्थानीय डिजिटल प्रतिभाहरूलाई एक आपसमा जोड्दै सहकार्य र विकासको वातावरण सिर्जना गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।”
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले रु. ३०० प्रवेश शुल्क तिरेर सहभागिता जनाउन सक्नेछन्। थप जानकारी तथा आधिकारिक समुदाय समूहमा जोडिन चाहने सर्जकहरूले सामाजिक सञ्जालमा #connectNepalgunj ह्यासट्याग प्रयोग गरी सम्पर्क गर्न सक्ने आयोजकले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement