जीवनशैली, भर्खरै, मनोरञ्जन, शिक्षा, समाचार, समाचार

नेपालगञ्जमा क्रिएटर्सको एकता : ‘Creators Connect Program’ नेपालगञ्जका २२ जना क्रिएटर्स एकै प्लेटफर्ममा

०५ , पौष २०८२ शनिबार 

बाँके, नेपालगञ्ज — डिजिटल सिर्जनाको क्षेत्रमा सक्रिय कन्टेन्ट क्रिएटर्सलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यसहित नेपालगञ्जमा आयोजना गरिएको Creators Connect Program भव्य र सफल रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा १५ वर्षदेखि ५७ वर्ष उमेर समूहका २२ जना क्रिएटर्सको उत्साहजनक सहभागिता रहेको थियो। एडिटर, भ्लगर, फोटोग्राफर, युट्युबर तथा टिकटक क्रिएटर्सको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ सशक्त बनाएको थियो।

क्रिएटर्सबीच एकता, सहकार्य र पहिचान स्थापित गर्ने लक्ष्यसहित सहभागी सबैले #connectnepalgunj ह्यासट्याग प्रयोग गरी सामूहिक भिडियो निर्माण गरेका थिए। उक्त पहलले नेपालगञ्जका कन्टेन्ट क्रिएटर्सलाई एउटै समुदायका रूपमा चिनाउने महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ।

Advertisement

बिहानको समयमा कुहिरो लागेको मौसमका बाबजुद पनि कार्यक्रम Ahara Restaurant मा सफलतापूर्वक सम्पन्न भएको थियो। छोटो सूचनामै उपस्थित भई कार्यक्रमलाई सफल बनाएकोमा आयोजकले सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।

कार्यक्रम Meet & Greet Events का सदस्य RGB NIHAL द्वारा आयोजना गरिएको हो। आयोजकले नयाँ तथा उदाउँदा क्रिएटर्सलाई धैर्य, सहयोग र समर्थन गर्न सबैलाई आग्रह गर्दै छिट्टै अझ बृहत् र प्रभावकारी क्रिएटर्स मिटअप आयोजना गर्ने योजना रहेको जानकारी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement