शिक्षा, जीवनशैली, भर्खरै, व्यापार, समाचार, समाचार

आइडियल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीलाई औद्योगिक क्षेत्र भ्रमणले दियो व्यवहारिक ज्ञान

२९, मंसिर २०८२ सोमबार 

बाँके, नेपालगञ्ज – आइडियल पब्लिक सेकेन्डरी स्कुल का माध्यमिक तहका विद्यार्थीहरूले कक्षाकोठामा पढेको ज्ञानलाई उद्योगमै पुगेर व्यवहारमा उतार्ने अवसर पाएका छन्। विद्यालयले २०८२ मङ्सिर २९ गते आयोजना गरेको शैक्षिक भ्रमणअन्तर्गत कक्षा ९ र १० का ६६ जना विद्यार्थीले नेपालगन्ज औद्योगिक क्षेत्रको अवलोकन गरेका हुन्।

सामाजिक अध्ययन र अर्थशास्त्र विषयलाई जीवनसँग जोड्ने उद्देश्यले गरिएको यस भ्रमणले विद्यार्थीहरूलाई औद्योगिक विकास, उत्पादन प्रक्रिया, रोजगारीका अवसर तथा स्थानीय स्रोतको उपयोगबारे प्रत्यक्ष अनुभव गराएको शिक्षकहरूले बताएका छन्।

भ्रमणको नेतृत्व गर्नुभएका सामाजिक अध्ययन शिक्षक आदिल अन्सारी ले उद्योगको वास्तविक अवस्थाबारे जानकारी दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो।

अर्थशास्त्र शिक्षक साहिल अन्सारी का अनुसार, “पुस्तकमा पढेको उत्पादन प्रक्रिया र उद्योगभित्र प्रत्यक्ष देखेको कामबीच ठूलो अन्तर हुन्छ। यस भ्रमणले विद्यार्थीको बुझाइलाई अझ प्रस्ट बनाएको छ।”

चार उद्योगको अध्ययन

भ्रमणका क्रममा विद्यार्थीहरूले औद्योगिक क्षेत्रभित्रका चार फरक प्रकृतिका उद्योगको अवलोकन गरेका थिए।

Holy Plastic उद्योग मा प्लास्टिक उत्पादनका लागि कच्चा पदार्थ कसरी रूपान्तरण गरिन्छ भन्ने जानकारी दिइयो।

Advertisement

Sikhar Cable उद्योग मा तार उत्पादन प्रक्रिया तथा गुणस्तर नियन्त्रणबारे अवलोकन गरियो।

Modern Woods उद्योग मा काठलाई प्लाइउडमा रूपान्तरण गर्ने मूल्य अभिवृद्धि प्रक्रिया देखाइयो।

त्यसैगरी Rizwan Engineering उद्योग मा धातुजन्य मेसिनरी तथा पार्टपुर्जा निर्माणसम्बन्धी सीपबारे जानकारी दिइयो।

Advertisement

अवलोकनका क्रममा विद्यार्थीहरूले उद्योग सञ्चालकसँग आवश्यक सीप, बजार व्यवस्थापन तथा रोजगारीका सम्भावनाबारे जिज्ञासा राखेका थिए।

विद्यार्थी र शिक्षकको अनुभव

कक्षा १० की एक विद्यार्थीले भनिन्, “अब प्रायोगिक प्रतिवेदन लेख्न सजिलो भएको छ। हामीले देखेको कुरा नै लेख्न पाउँदा पढाइ अझ राम्रोसँग बुझ्न सक्यौँ।”

भ्रमण सफल बनाउन शकील अहमद अन्सारी, नग्मा कुरैशी, वाईजा खान र जस्मिन खान सक्रिय रूपमा संलग्न रहनुभएको थियो। विद्यालय व्यवस्थापन समितिका सदस्य असलाम सर को उपस्थितिले विद्यार्थीहरूलाई थप उत्साहित बनाएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनले यस्ता शैक्षिक भ्रमणहरूले विद्यार्थीलाई सिद्धान्त र व्यवहारबीचको सम्बन्ध बुझाउन सहयोग गर्ने, सीप विकासमा टेवा पुर्‍याउने तथा भविष्यको करियर छनोटमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0