भर्खरै, राजनीति, समाचार, समाचार

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिको विरोधमा मुस्लिम समुदाय आन्दोलित, आज बबरमहलमा विरोध–सभा

१०, मङ्सिर २०८२ बुधबार 

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलाबारे दिएको अभिव्यक्ति व्यापक विवादमा परेको छ। सामाजिक सद्भाव र धार्मिक विविधताप्रति आघात पुगेको भन्दै मुस्लिम समुदायका अगुवाहरूले कठोर आपत्ति जनाएका छन्।

एक कार्यक्रममा मुस्लिम समुदायको व्यवहारलाई ‘अन्यायपूर्ण’ भन्दै महिलामाथि गरिएको व्यवहार, बालविवाहलगायतका संवेदनशील विषयहरू विवादित तरिकाले प्रस्तुत गरेको आरोप प्रधानमन्त्री कार्कीमाथि लागेको छ।

उक्त अभिव्यक्तिले समुदायलाई अपमानित र गलत रूपमा प्रस्तुत गरिएको भन्दै डा. अबुल हुसेन अन्सारीसहित मुस्लिम अगुवाहरूले गम्भीर खेद प्रकट गरेका छन्। उनका अनुसार यस्तो गैर–जिम्मेवार टिप्पणी प्रधानमन्त्रीको पद–गरिमाविपरीत मात्र होइन, देशको सामाजिक सद्भावलाई नै चुनौती दिने खालको छ।

Advertisement

यसैबीच, प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध छलफल तथा संयुक्त भेला आयोजना गरिएको छ। मुस्लिम समुदायले आज दिउँसो २ बजे कार्की ब्याङक्वेट, बबरमहलमा विरोध–सभा गर्ने तयारी गरेको जानकारी अन्सारीले दिएका छन्।

समुदायका दाजुभाइ–दिदीबहिनीलाई “अमर्यादित टिप्पणीविरुद्ध ऐक्यबद्धता जनाउन” उपस्थित हुन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement