समाचार, भर्खरै, व्यापार, समाचार

अखिल नेपाल अटोमोबाइल मजदुर संघ बाँकेको नेतृत्व चयन : जिल्ला अध्यक्षमा जीत धर्ती मगर विजयी

२९, कार्तिक २०८२ शनिबार 

बाँके, नेपालगञ्ज – अखिल नेपाल अटोमोबाइल मजदुर संघ बाँकेको नयाँ जिल्ला कमिटी गठन गरिएको छ। हालै सम्पन्न निर्वाचनमा जिल्ला अध्यक्षमा जीत धर्ती मगर (घर्ति मगर) निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष जीत धर्ती मगरले कार्यक्रममा भने,

“मजदुरको हक, सुरक्षा र अधिकार हाम्रो पहिलो प्राथमिकता हुनेछ। संगठनलाई अझ सशक्त र सक्रिय बनाउँदै सदस्यहरूलाई सीप विकास र रोजगारीमा अवसर उपलब्ध गराउने प्रतिबद्धता छ।”

उनको नेतृत्वमा गठन भएको जिल्ला कार्यसमितिले श्रमिक अधिकारको संरक्षण, व्यावसायिक प्रशिक्षण, र रोजगारी सुनिश्चिततामा विशेष ध्यान दिने जनाएको छ।

Advertisement

नवगठित जिल्ला कार्यसमिति : अध्यक्ष : जीत धर्ती मगर उपाध्यक्ष : सुफियान अहमद नाउँ सचिव : बदरुद्दिन सल्मानी सह–सचिव : इकरार अहमद हल्वाई सह–सचिव : मंगल सुनार कोषाध्यक्ष : सुल्भ जग गोदार वरिष्ठ सल्लाहकार : राज कुमार गिरि

सदस्यहरुमा महिला सदस्य : देवी थापा मगर गुल्फाम नाउँ, हनिफ सल्मानी, गोविन्द कुमार थारु, दिनेश ठाकुर (कल्लु मिस्त्री), रियाजुद्दिन अन्सारी, तिर्थ राम धोवी, अनवर अली हल्वाई, विश्वास पौडेल, मोहम्मद कादिर रङ्गरेज रहेका छन।

अध्यक्ष मगरले थपे, “हामी सबै सदस्यसँग मिलेर मजदुरको आवाजलाई बलियो बनाउने र संगठनलाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाउने लक्ष्यमा काम गर्नेछौं।”

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0