जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

नेपालगञ्जमा अपांग अटोचालक राजु खानलाई ‘मानवता नेपाल बाँके’को आर्थिक सहयोग

२५, कार्तिक २०८२ मगंलवार 

बाँके, नेपालगञ्ज  — नेपालगञ्ज उपमहानगरपालिका–७ का शारीरिक अपांगता भएका अटो रिक्सा चालक राजु खान हाल अत्यन्त कठिन परिस्थितिमा जीवन बिताइरहेका छन्।

दुवै खुट्टामध्ये एक खुट्टा गुमाएका खानलाई पेटको गम्भीर समस्या भएपछि भेरी अस्पतालमा शल्यक्रिया (अपरेसन) गरिएको थियो। तर उपचारका क्रममा अस्पतालबाट आवश्यक औषधि र छुट सुविधा नपाएको उहाँको गुनासो छ।

उहाँको अवस्थाबारे जानकारी पाएपछि मानवता नेपाल बाँकेका पदाधिकारीहरूले घरमै पुगेर भेटघाट गर्दै आर्थिक सहयोग गरेका छन्। संस्थाका आजीवन सदस्य र कार्यसमिति सदस्यहरूले संकलन गरेको रु ११ हजार रुपैयाँ रकम अध्यक्ष सुमन गिरीको नेतृत्वमा खानलाई हस्तान्तरण गरिएको हो।

संस्थाका कोषाध्यक्ष अजिज हलुवाईले राजु खानको समस्याबारे जानकारी दिएपछि सुरु गरिएको सहयोग अभियानमा उपाध्यक्ष केपी घिमिरे, संस्थापक अध्यक्ष अम्बिका काफ्ले, सचिव कमल बहादुर शाही, सहसचिव खुश्बु श्रीवास्तव, सदस्य तारा रोकाया, सदस्य छत्र सुनार, आजीवन सदस्य संगम रावत बैरागीलगायतको उपस्थित थियो।

Advertisement

अध्यक्ष गिरीका अनुसार खान आर्थिक रूपमा कमजोर भएकाले दैनिक जीवनयापनमै कठिनाइ भोगिरहेका छन्। उहाँले स्थानीय समुदाय, निजी क्षेत्र र सरोकारवाला निकायहरूलाई थप सहयोगका लागि आह्वान गर्नुभयो।

मानवता नेपाल बाँकेले राजु खानका दुई छोरीहरूको शिक्षामा सहयोगस्वरूप किताब, कापी र विद्यालय झोला उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

उक्त घटना अपांगता भएका नागरिकहरू अझै पनि उपचारपछिको समुचित स्वास्थ्य सेवा र सामाजिक सुरक्षाबाट वञ्चित रहेको वास्तविकता उजागर गर्ने उदाहरण बनेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0