भर्खरै, व्यापार, समाचार, समाचार

नेपालगञ्जमा भोलि लुम्बिनी प्रदेशस्तरीय किसान जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन हुने

२२, कार्तिक २०८२ शनिबार 

बाँके, नेपालगञ्ज – राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम अन्तर्गत भोलि आइतवार नेपालगञ्जमा विशाल जुलुस र जनसभा गर्ने भएको छ ।

नेपालगञ्जको एस.के पेट्रोल पम्पबाट सुरु हुने जुलुस परिक्रमा गर्दै धम्बोझी चोकमा पुगेर सभामा परिणत हुनेछ । उक्त सभालाई नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिना र अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेस दंगालले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लका अनुसार, नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघसहित किसानसँग सम्बन्धित विभिन्न संगठनका पदाधिकारी, सदस्य र आम किसानहरुको सहभागिता रहनेछ ।

Advertisement

जुलुस र सभाको पूर्वसन्ध्यामा आज शनिबार नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले किसान आन्दोलनका १० बुँदे माग सार्वजनिक गर्नुभयो । ती मागहरूमा सहुलियत दरमा कृषि कर्जा, किसान विमा व्यवस्थाको सुधार, कृषि थोक बजारको व्यवस्थित सञ्चालन, कृषि ऐन निर्माण, समयमा मल र विउको सहज आपूर्ति, दुध रकम भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकरण लगायतका विषय समावेश छन् ।

अध्यक्ष तिमिल्सिना र केन्द्रीय सचिव आरती पौडेलले किसानको यो आन्दोलन कुनै दलको पक्षपोषण नभई किसान वर्गको अधिकारका लागि गरिएको जनाउँदै “यो आन्दोलन रहर होइन, बाध्यता हो” भन्ने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement